Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकामा कोरोना संक्रमितको संख्या घटेको राष्ट्रपति ट्रम्पको दाबी


    सोमबार, जेष्ठ ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अमेरिका, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् ।उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको जानकारी दिएका हुन् ।

    राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ ।’ उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, ‘यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।’

    अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ । रासस–एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार