Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७


    सोमबार, जेष्ठ ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ जेठ ।थप ५३ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रिमितको संख्या ३५७ पुगेको छ ।जसमध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैपटक ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेका ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पोजेटिभ भएको जनाइएको छ ।त्यस्तै मोरङ विराटनगर प्रयोगशालामा १ जना पुरुष, भैरहवा प्रयोगशालामा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेलमा प्रयोगशालामा रौतहट, धादिङ र अन्य जिल्लामा गरी ४ जना सहित आज जम्मा ५३ जना नयाँ संक्रमित देखिएका छन् भने आज विहानै ९ जनामा संक्रमण पुष्टि भएको थियो । 

    कोरोनाका कारण सिन्धुपाल्चोककी एक २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार