Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कोरोनाका कारण मृत्यु भएकी महिलाको शिशुको रिपोर्ट नेगेटिभ


    सोमबार, जेष्ठ ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे, ५ जेठ । कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु तथा परिवारका अन्य सदस्यको पीसीआर रिपोट पनि नेगेटिभ आएको बताइएकोछ ।

    कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँकी २९ वर्षीया महिलाको मृत्यु भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

    यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार मृतकका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो ।

    शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ भने १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा शिशुलाई डिस्चार्ज गर्ने तयारी भएको धुलिखेल अस्पताल स्रोतले बतायो ।

    श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ती सुत्केरी महिलाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार