Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरे कारबाही हुने


    सोमबार, जेष्ठ ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । स्वास्थ्यकर्मीलाई घरबाट निकाल्नेदेखि बाटो अबरुद्ध गर्ने जस्ता क्रियाकलाप बन्द गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

    कोरोना भाइरस जस्तो महामारीका बढिरहेको अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रालयले अनुरोध गरेको छ ।

    यस कठिन क्षणमा महामारी नियन्त्रणमा अग्रमोर्चामा रहेर खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेका गुनासा आएकाले मन्त्रालयले त्यस्तो मनोबल गिराउने काम नगर्न समेत भनेको छ ।

    स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विश्वव्यापी महामारीका विरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानूनबमोजिम हदैसम्मको कारवाही गर्ने मन्त्रायले जनाएको छ ।

    नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानूनबमोजिम सजाय हुने मन्त्रायले जनाएको छ ।

    बागमती प्रदेशका जनस्वास्थ्य प्रमुख डा. नारायण कार्कीमाथि शुक्रबार नागार्जुनमा स्वयंसेवकको नाममा बेइज्जत गर्ने उत्तम कार्कीलाई प्रहरीले हिजै पक्राउ गरेको छ । कार्कीले चिकित्सक कार्कीमाथि अमानवीय ब्यवहार गरी त्यसको भिडियोसमेत खिची उनलाई हेटौंडा नै फर्काएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार