Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालीको शान्ति मिसनमा रहेका सैनिकलाई कोरोना संक्रमण


    सोमबार, जेष्ठ ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । द्धन्द्धग्रस्त अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा रहेका नेपाली सेनामा कार्यरत एक जवानमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकालाई छुट्टै क्वारेन्टिन गर्नुपर्नेमा त्यसको ब्यवस्था पनि मालीको युएन मिसनले नगरेका कारण त्यहाँ अरु पनि संक्रमित भएका छन् ।

    एक सैनिकमा कोरोना संक्रमण देखिएपछि अरु करिब ७५ जनालाई पनि रुघाखोकी लाग्न थालेको छ । ३७ बर्षीय संक्रमित सैनिकका कारण अरु पनि संक्रमित भए पनि परीक्षण नगरिएकाले थप चिन्ता छाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मालीका सैनिकमा कोरोना संक्रमण भएको स्वीकार गरेका छन् । युएन मिसनको लेभल–२ हस्पिटलमा गरिएको पिसिआर टेस्टमा ती सैनिकमा कोरोना पोजिटिभ देखिएको हो । उनको अवस्था सामान्य रहेको पाण्डेको भनाइ छ ।

    प्रवक्ता पाण्डेले मिसनमा रहेका एक जनामा संक्रमण देखिएको र अन्यमा कुनै समस्या नभएको बताएका छन् । तर त्यहाँ रहेका ७०–८० नेपाली सेनामा रुघाखोकी देखिएको त्यहाँ रहेका एक सैनिकले गुनासो गरेका छन् । उनको गुनासो छ, मिसनमा रहेका धेरै सैनिकमा रुघाखोकीको समस्या रहेको र क्वारेन्टिनको उचित व्यवस्था नहुँदा सबै जना एउटै हलमा बस्नुपर्ने वाध्यता रहेको छ । र, त्रासमा बाँचिरहेका छौं । तर मिसनमा रहेका सेनाको समस्यालाई युएनले गम्भीर रुपमा लिने र उपचार गर्ने प्रवक्ता पाण्डेले बताएका छन् । माली मिसनमा १ सय ४० जना कार्यरत छन् ।

    मिसन अवधि दुुई महिनाअघि नै सकिए पनि युएन र सेनाले उनीहरुलाई नफर्काएको गुनासो पनि सैनिकले गरेका छन् । तर अन्तर्राष्ट्रिय उडान नभएकाले सेनाले उनीहरुलाई फर्काउन नसकेको बताउने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार