काठमाडौं, ५ जेठ । सहसचिव गोकर्णमणि दुवाडी सचिव बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । दुवाडी बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि सचिव महेशप्रसाद दाहाल बैशाख १९ गते अवकाश भएपछि रिक्त पदमा दुवाडी बढुवा भएका हुन् ।
जेठ १ मा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी अवकाश भइसकेका छन् । उनको अवकाशपछि रिक्त सचिवमा सहसचिव बिष्णु नेपालको बढुवा हुनेछ । जेठ १२ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी अवकाश हुँदैछन् । उक्त पदमा सहसचिव मधु मरासिनी बढुवा हुँदैछन् ।