Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमितको मृत्युपछि टोखामा उच्च सतर्कता


    सोमबार, जेष्ठ ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । कोरोना संक्रमण भएर मृत्यु भएकी सिन्धुपाल्चोककी महिला टोखामा बस्ने गरेकाले उनी बस्ने गरेको क्षेत्रमा २४ ब्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब संकलन गरेको हो ।

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौंको गोंगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

    टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृतक बस्ने घर, छिमेकी घर र मृतकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिए ।

    स्वाब संकलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताए । टोखा नगरपालिकाले कोरोना संकमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।

    वडाध्यक्ष नेपालले टोखामा बस्ने व्यक्ति कोरोना संक्रमणबाट मृत्यु भएको भन्दै जथाभावीरुपमा घरबाट बाहिर ननिस्कन टोखावासीलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार