काठमाडौं, ५ जेठ । नेपाल प्रहरीले आइतबार मध्यराति ६० इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरेको छ । डीएसपीका पद ६० वटा थिए । तर प्रतिस्पर्धीहरु १ सय ५० भन्दा बढी थिए । बढुवा भएकामध्ये २७ जना असईबाट आएका छन् । जो आगामी २०७७ माघमा अवकाश हुनेछन् । २०६५, ०६६ र ०६७ मा इन्स्पेक्टर भएकाहरु डीएसपी बढुवा भएका छन् ।
१ सय ५५ टोलीका संजीवबाबु खड्का उनको समूहमा पहिलो नम्बरमा परेका छन् । यो टोलीमा भर्ना भएका इन्स्पेक्टरमध्ये ३१ जनामात्र बढुवामा परेका छन् । इन्स्पेक्टर बढुवामा यति चर्को प्रतिस्पर्धा थियो कि डीएसपी बढुवा भएको करिब १ महिनामा आइतबार मध्यरातिमात्र बढुवा समितिले टुंगो लगाएको छ ।
नेकपाका स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माका भाइ वसन्त शर्मा पनि बढुवामा छुटेका छन् । तक्मा पाएका इश्वर थापा बढुवामा छुटेका छन् ।
इन्स्पेक्टरबाट डीएसपी बढुवा हुनेहरुको नामावली यसप्रकार छः


