Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइयो


    आइतबार, जेष्ठ ४ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काभ्रे, ४ जेठ । आइतबार बिहान  कन्टेनर भ्यानमा धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो।

    सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।

    तिमल्सिनाका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो।

    भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले जानकारी दिए।

    ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। कन्टेनर भ्यानबाट धुलिखेल आएका उनीहरुलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताए।

    सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षितसाथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोकनै फर्काइएको हो।

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए।

    बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जंगल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार