Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला 


    आइतबार, जेष्ठ ४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको  आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन ।

    उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए । वेईले यसअघि युक्रेनको लागि चिनियाँ राजदूतको रुपमा काम गरेका थिए । वेईको श्रीमती र एक छोरा छन् । तर, उनीहरु इजरायलमा नरहेको बताइएको छ । उनी तेल अभिभ नजिकै हज्र्लियामा बस्दै आएका थिए ।

    इजरायलको विदेश मन्त्रालयले यो समाचारको पुष्टि गर्दै अहिले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार