Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमा संक्रमण, बारामा इन्स्पेक्टरसहित २५ जना क्वारेन्टाइनमा


    आइतबार, जेष्ठ ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ४ जेठ । सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । शनिबार सेनाका उपरथीलाई समेत कोरोना संक्रमण देखियो । बारामा पनि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।  

    कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो । त्यहाँ कार्यरत प्रहरी जवानमा शनिबार कोरोना पुष्टि भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिएको छ । 

    संक्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ । उनको घर रौतहट हो । उनी २९ वैखामा घर गएर ३० गते कार्यालयमा फर्किएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार