काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गरेको ५५ दिनमा सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा केही काम नगरेको आरोप लगाएका छन । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै देउवाले भने, ‘खोई सरकारले कोरोना रोकथामको लागि गरेको काम ?’
सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेको थियो। पटकपटक थपिएको लकडाउनको अवधि भोलि सकिँदैछ।नेपालमा कोरोनाबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने दुई सय ९१ जनामा कोरोना पुष्टि भएको छ।यसबीचमा सरकारले पिसिआर प्रविधिबाट परीक्षणको दायरा वृद्धि गर्न नसकेको देउवाको भनाइ छ।‘हिजोसम्म २६ हजारमा पिसिआर प्रविधिबाट परीक्षण गरिएको सरकारी तथ्यांकले नै देखाउँछ,’ उनले भने, ‘कोरोना परीक्षणको दायरा बढाउनुपर्यो।’
सरकारले अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न नसकेको पनि देउवाले आरोप लगाए।अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मीलगायत नै जोखिममा पर्नु दुस्खद भएको उनले बताए।‘महामारी नियन्त्रण गर्न सरकार चुकेको छ,’ उनले भने, ‘पहिलो संक्रमित व्यक्ति भेटिएको चार महिना हुन लाग्यो तैपनि तयारी केही गरेन।’ उनले स्वास्थ्य सामग्रीको उपलब्धताको प्रत्याभूति गर्न पनि सरकारसँग माग गरेका छन्।
‘अस्पतालहरूमा भेन्टिलेटरको व्यवस्था नहुनु दुस्खद छ,’ उनले भने, ‘सरकारले राहतको प्याकेज पनि ल्याउन सकेन।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend