जनकपुरधाम , २ जेठ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नं २ को लालबाबु राउत नेतृत्वको सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएको छ । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारीपूर्ण, उदासीन र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको आरोप लगाएका छन् ।
‘समान्यतया कुनै पनि प्रकारको महासंकट र महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तदारुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्ने हो । तर २ नबर प्रदेश सरकार गैरजिम्मेवार बनेका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई–हामी बाध्य भएका छौं’ नेकपा प्रदेश २ ले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपाले शुरुदेखि नै २ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा मुख्यतः नेपाल–भारत खुल्ला सीमा र उच्च जनघनत्वका कारण बढी संवेदनशील र जोखिमयुक्त बताउँदै आएको छ । अहिले देशभरमा भेटिएका २५८ जना कोरोना संक्रमितमध्ये लगभग अधिकांश २ नंबर प्रदेशकै हुनु गम्भीर चिन्ताको विषय भएको नेकपा प्रदेश २ ले जनाएको छ ।
अहिले नेपालमा पनि कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको गम्भीर अवस्थामा सोही अनुसार परीक्षणको मोडालिटी बिकास गर्न आवश्यक रहेको नेकपा प्रदेश २ ले जनाएको छ ।
विदेशबाट स्वदेश फिर्ता हुने नेपाली नागरिकको अनुमानित संख्यालाई मध्यनजर गर्दै तत्काल आवश्यक क्वारेन्टाइनको निर्माण तथा आइसोलेशनको क्षमतामा बृद्धि, आवश्यक मात्रामा आईसीयु बेड तथा भेन्टिलेटरको प्रबन्धसहित २ नम्बर प्रदेशका प्रत्येक जिल्लामा तत्काल बृहत् संख्यामा कोरोना संक्रमितको परीक्षण गर्नका लागी पिसिआर प्रविधि सहितको भरपर्दो परीक्षणशाला निर्माण, जिल्ला जिल्लामा कोरोना विशेष अस्पताल निर्माण लगायतका माग नेकपा प्रदेश २ ले गरेको छ ।
कामविहीन दक्ष जनशक्तिको उच्चतम प्रयोगको वातावरण निर्माणमा इमान्दारीताका साथ दृढसंकल्पित भएर युद्धस्तरमा लाग्न प्रदेश सरकार सहित सम्बन्धित सबै सरोकारवाला पक्षसँग नेकपाले जोडदार माग गरेको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण मुख्यतः प्रदेश नम्बर २ लगायत देशभर नै बढ्दो क्रममा रहेकाले यथाशीघ्र लकडाउनलाई वैज्ञानिक एवं भुगोल सुहाँउदो व्यवहारिक रुपमा व्यवस्थित गर्दै अगाडि बढ्न सुझाव नेकपाले सरकारलाई दिएको छ ।
यस्तै लकडाउन अझ पनि लम्बिने सम्भावना प्रवल नै रहेकाले भारत लगायत अन्य देशमा रोजगारी र अध्ययनका लागि गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन इच्छुकहरुलाई एकीन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न संघीय सरकारको नेकपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक दूरी कायम गर्दै स्वयंसेवी भूमिकासहित समाजमा सचेतना फैलाउने र आफूभन्दा असहाय, गरीब–विपन्न, ज्याला–मजदूरी गर्ने तथा जरुरतमन्दहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय रहन पार्टी पंक्तिका सम्पूर्ण सदस्यहरुलाई नेकपा प्रदेश २ ले बिशेष आग्रह गरेको छ ।
निकट भविष्यमा पार्टी–संगठनमा नेतृत्व मुल्यांकनको एउटा प्रमुख आधार कोरोना विरुद्धको संघर्षमा कसको कस्तो भूमिका थियो पनि हुने भएकोले यसमा २ नम्बर प्रदेश, नेकपा मातहतका सम्पूर्ण इमानदार नेता–कार्यकर्तालाई अग्रभागमा रहेर आफ्नो भूमिका खेल्न विशेष अह्वान र अनुरोध नेकपाले गरेको छ ।
साथै यस कार्यमा पहिलादेखि नै कुशलतापूर्वक लागिपरेका पार्टीका नेता–कार्यकर्ता एवं समाजसेवी व्यक्तित्वहरु र कर्तव्यनिष्ठ जनप्रतिनिधिहरु सबैमा नेकपाले हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गरेको छ ।
यसैगरी विश्वसँगै नेपालमा पनि महाविपत्तिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति नेकपाले उच्च सम्मान, संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना र ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend