काठमाडौं २४ बैशाख । अजोड इन्स्योरेन्सले ३० करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यस इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्नेछ । इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५७ लाख रुपैयाँ सञ्चित छ ।
अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ९ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।