काठमाडौं, २३ बैशाख ।यस वर्ष माध्यमिक शिक्षा परिक्षा नगर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आग्रह गरेको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै प्याब्सनले माध्यमिक एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो।
मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ, भनी उल्लेख गरेको छ ।यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टीकाराम पुरी बताउँछन् । ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।
चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।