काठमाडौँ २३ बैशाख । देश कोभिड १९ संक्रमण रोकथामका लागि लकडाउनमा रहेकोले देशभरका सबै बिद्यालय बन्द छन्। यो बेलामा अनलाइन पठनपाठनको नाममा सुल्क लिने, बैक खातामा पैशा जम्मा गर्न लगाउने, बिद्यार्थी भर्ना लिने जस्ता कार्य अर्को सूचना नआएसम्म नगराउन देशभरका विद्यालयहरुलाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको छ । विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।
मन्त्रालयले सामेबार प्रकाशित विज्ञप्तिमा विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।