Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, एक गम्भीर घाइते


    सोमबार, असोज १९ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागलुङ निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्।

    आज बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

    मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

    घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार