काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन ।
२०७३ साउन १ गतेदेखि तत्कालीन सेतीगंगा सामुदायिक अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालन सुरु गरेको अस्पतालमा साढे ८ बर्षदेखि कार्यकारी निर्देशक नियुुक्ति हुन सकेको छैन ।
तत्कालीन कार्यकारी निर्देशक डा. मुक्तिनाथ भट्टराईको कार्यकाल २०७५ असारमा सकिएपछि हालसम्म नयाँ कार्यकारी निर्देशक नियुक्त हुनसकेको छैन । २०७५ पछि अस्पतालको नेतृत्वमा निमित्तका रुपमा डा. रामकुमार श्रेष्ठ कार्यरत छन् । उनको ध्यान केन्द्रको भन्दा बढी आफ्नै निजी अस्पताल रत्नहरी अस्पतालमा रहेको आरोप छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग निकटता देखाएर डा. श्रेष्ठ साढे ८ बर्षदेखि अनियमित काजमा कार्यरत छन् । नियमावली अनुसार कुनै पनि कर्मचारीलाई ३ महिनाभन्दा बढी समय काजमा राख्न पाइँदैन । तर डा. श्रेष्ठ साढे ८ बर्षदेखि काजमा केन्द्रमा केमिकलदेखि उपकरण लगायतका खरिदमा कमिसन खान लिप्त छन् । जुन पार्टीको सरकार आयो, त्यही पार्टीको स्वास्थ्य मन्त्रीको चाकरीमा लिप्त हुने गरेका उनका अनियमितताका बारेमा फेहरिस्त नै सार्वजनिक हुँदा पनि केन्द्रमा टिक्न हरतरहले लागिरहेका छन् ।
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नियुक्त गरेका केन्द्रका संचालक समिति सदस्य त्रिलोचन लम्सालले पनि डा. श्रेष्ठलाई साथ र सहयोग गरिरहेका छन् । श्रेष्ठलाई अस्पतालका लागि आवश्यक केमिकलदेखि सर्जिकल र उपकरण खरिदमा भएको अनियमिततामा लम्सालले भरपूर साथ दिएका छन् । लम्सालहरुको विश्वास गर्दा डा. श्रेष्ठ खरिदमा गरेको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भएका छन् ।
श्रेष्ठले जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रको सम्पूर्ण केमिकल र सर्जिकल खरिदमा प्रतिस्पर्धालाई सीमित गरी निश्चित एक कम्पनीसँग मात्र महंगो दरमा खरिद गरी ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ ।
केन्द्रका लागि केमिकल लगायतका सामान खरिद गर्दा सिष्टम लक (अर्थात् निश्चित कम्पनीसँग मात्र मिल्ने स्पेक राख्ने) गरी लागत स्टीमेटभन्दा निकै कममा दिन तयार कम्पनीलाई अथोराइज्ड माग्ने, दुःख दिने र सेटिङ भएको कम्पनीसँग महंगोमा खरिद गर्ने गरिएको छ । १ लाख स्टीमेट भएको सामान कुनै सप्लायर्सले ४० हजारमा दिन तयार भए पनि त्यही गुणस्तरको सामान केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले ९५ हजारमा खरिद गरी चरम भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ ।
डा. श्रेष्ठले केन्द्रमा स्थायी कर्मचारी नभएकाले करारमा राखिएका कर्मचारीलाई जागिर नवीकरण नगर्ने त्रास देखाएर तँ तँ भन्दै हेप्ने गरेका छन् । जसले गर्दा कर्मचारीहरुले केन्द्रमा हुने गरेका अनियमितताका कुरा जागिरको डरले बाहिर ल्याउन नसक्ने बुझाई उनमा भएकाले अस्पतालमा मनपरी गर्दैआएका छन् ।
कार्यकारी निर्देशक सरकारी अस्पतालमा, मुख्य ध्यान आफ्नै निजी अस्पतालमा
श्रेष्ठले दमौलीमा रत्नहरी अस्पताल संचालन गरेका छन् । जुन अस्पतालमा जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रको स्रोत साधन प्रयोग गर्ने गरेको आरोप छ । जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रका लागि आवश्यक केमिकलदेखि उपकरण खरिद गर्ने कम्पनी वा ब्यापारीमार्फत् रत्नहरी अस्पतालमा समेत फाइदा लिने गरेको आरोप डा. श्रेष्ठमाथि लाग्ने गरेको छ । केन्द्रका जनशक्ति पनि आफ्नो अस्पतालमा समेत प्रयोग गरेको आरोप उनीमाथि लाग्दैआएको छ ।
स्व. कोइरालाको श्वासप्रश्वाससम्बन्धी रोगका कारण निधन भएपछि श्वासप्रश्वास रोगको अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले तनहुँको दुलेगौडामा २०६६ चैत ७ गते सरकारले १०० शैय्याको राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो ।
२०७० सालको गठन आदेश अनुसार सञ्चालित विकास समितिले २०७३ साउन १ गतेदेखि तत्कालीन सेतीगंगा सामुदायिक अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालन सुरु गरेको थियो । हाल केन्द्रको नाममा करिब ७४० रोपनी जग्गा रहेको छ । त्यो जग्गाको समेत नापजाँच गर्ने र संरक्षण गर्न चासो नदिएकाले अतिक्रमणमा परिसकेको छ । यति ठूलो भौतिक पूर्वाधार र राष्ट्रिय महत्वको संस्था भए पनि नेतृत्व क्षमतासून्य डा. श्रेष्ठका कारण झन् झन् अधोगतितिर गइरहेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा चासो नदिंदा अस्पतालले जुन सेवा दिनुपर्ने थियो, त्यस अनुसार बिस्तार हुन नसकेको गुनासो छ ।
अस्पताल श्वासप्रश्वास रोगको राष्ट्रिय विशिष्टीकृत केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिए पनि हालसम्म स्थानीय आवश्यकता अनुसारको सामान्य अस्पतालकै भूमिकामा सीमित देखिएको छ । विशेषज्ञ सेवा, अनुसन्धान, तालिम तथा अत्याधुनिक श्वासप्रश्वास उपचार प्रणाली विस्तार गर्ने लक्ष्य अझै कागजमै सीमित रहेको स्थानीयको गुनासो छ ।
त्रिलोचन लम्सालको खण्डन
जीपी कोराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका संचालक समिति सदस्य त्रिलोचन लम्सालले नेपालफेसमा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनको खण्डनमा उल्लेख छ–नेपालफेस डटकममा २०८३ भदौ १७ गते बुधबार प्रकाशित ‘जीपी कोइराला श्वासप्रश्वास केन्द्रको खरिदमा कराडौंको सेटिङ, राष्ट्रपतिको आडमा साढे ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा मेरो नाम जोडिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । साथै सामाजिक सञ्जालमा समेत समाचार प्रकाशन गर्ने क्रममा ‘लम्सालहरु’ उल्लेख गरी योजनावद्ध ढंगले कसैलाई लक्षित गरी तेजोबध गर्ने मनसायले मेरो नाम उल्लेख गरी समाचार शेयर गरेको कार्यले मलाई झन अपमानित गरेको महशुस भएको छ ।
समाचारमा ‘पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नियुक्त गरेका केन्द्रका सञ्चालक समिति सदस्य त्रिलोचन लम्सालले पनि डा. श्रेष्ठलाई साथ र सहयोग गरिरहेका छन् । श्रेष्ठलाई अस्पतालका लागि आवश्यक केमिकलदेखि सर्जिकल र उपकरण खरिदमा भएको अनियमिततामा लम्सालले भरपूर साथ दिएका छन्। ’ भन्ने वाक्य जोडी म कहीँ कतै सहभागी नभए नरहेको सामग्री खरिदमा समेत तथ्यहीन र कपोलकल्पित समाचार प्रकाशन गरिएकोमा मेरो आपत्ति रहेको जानकारी गराउन चाहन्छु ।
म सञ्चालक समितिको सदस्यको नाताले कुनै पनि खरिदमा संलग्न नरहेको र खरिद प्रक्रिया नितान्त प्रशासनिक र कार्यालयसँग सरोकार हुने हुँदा मेरो संलग्नता नहुने समेत स्पष्ट पार्न चाहन्छु । यसरी कुनै पनि समाचार तयार पार्नु र प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिसँग जानकारी लिनुपर्ने सामान्य मान्यतालाई समेत पालना नगरी विना प्रमाण तथ्यहीन समाचार प्रकाशन गरिनुले मेरो मानमर्दन भएको यस परिस्थितिमा यस समाचारलाई प्रकाशन प्रसारणबाट हटाउन अनुरोध गर्दछु ।
मेरो जीवनमा हालसम्म मैले करिब १२ बर्ष सरकारी सेवामा समय बिताएको छु भने दर्जनौं सामाजिक संस्थामा रहेर नेतृत्व एवं जिम्मेवारी निर्वाह गरिरहेको पनि छु । यो अस्पतालमा मात्रै होइन, कुनै पनि संस्थामा मैले कहीँकतैबाट मेरो पदको दुरुपयोग गरी गलत मनसाय राखी एक पैसा लाभ लिएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न पनि तयार छु ।
अन्त्यमा, म सदस्य रहेको अस्पताल नेपाल सरकारले आम नागरिकलाई सेवा दिनका लागि स्थापना गरिएको अस्पताल हो । अस्पतालको सेवा बृद्धि गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त र सरल बनाउका लागि मैले म सदस्य भएको दिनदेखि नै निरन्तर अहोरात्र प्रयत्न गरिरहेको छु । मैले मेरो सामथ्र्यले भ्याएसम्म अस्पतालमा सुशासन कायम गर्ने सवालमा अधिकतम प्रयास गर्दै आएको छु ।
मेरो नजरमा नपरेका सुधार गर्नुपर्ने वा समाचारमा उल्लेख भए अनुसार म आउनुअघि र पछि पनि कुनै गलत कार्य भएको रहेछ भने उक्त कार्यको सुधार गर्न म सँधै तयार रहेको छु । तर विनाप्रमाण मेरो व्यक्तिगत तथा सामाजिक जीवनमा गम्भीर आघात पुग्ने यस्ताखालका आपराधिक समाचारहरु प्रकाशन तथा प्रसारण हुने र यसलाई पुष्टि गर्न नसक्ने जुनसुकै खालका पत्रकारितालाई पनि कानून बमोजिम आवश्यक कारवाही गर्न गराउन पाउने मेरो हक प्रयोग गर्ने नै छु भनी यस बिषयमा गम्भीर ध्यानाकर्षण गराएको छु । साथै आगामी दिनहरुमा यस्ता खालका तथ्यहीन समाचार सामाग्रीहरुले कुनै पनि स्थान नपाउन भन्ने अपेक्षा गरेको छु । यस बिषयमा भए गरेको वास्तविकता के हो, यथाशक्य छिटो यस अनलाईन मिडियाका सम्पादक तथा प्रमुख ज्यूबाट स्पष्टिकरण आउने विश्वास लिएको छु ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend