काठमाडौं । नेपाल प्रहरीले इलाका, जिल्ला र प्रदेशमा सरुवा गरेका इन्चार्जहरुले सम्बन्धित कार्यालयमा कार्यरत प्रहरीलाई नै कार्यक्षेत्रमा परिचालन गर्नुपर्नेमा आफूसँगै आफ्नानिकट प्रहरीलाई पनि लिएर जाने गरेका छन् । सम्बन्धित कार्यालयका प्रहरीलाई नै काममा परिचालन नगरी रोजेर प्रहरी लाने क्रम रोकिन सकेको छैन । इलाका, जिल्ला वा प्रदेशको इन्चार्जको रुपमा खटिएकाहरुले आफूसँगै प्रहरी लाने र घुमुवाका रुपमा अतिरिक्त कमाइका लागि परिचालन गर्ने गरेका घटना बारम्बार समाचारका रुपमा आउने गर्दछन् ।
मधेश प्रदेशका यसअघिका डीआईजी गोविन्द थपलियाले आफू सरुवा हुँदा सँगै बरिष्ठ सई गोपाल थापा मगरलाई घुमुवाका रुपमा लगेका थिए । थापामगरलाई सादा पोशाकमा परिचालन गरी ८ वटै जिल्लामा खटाउँदा असुली प्रकरणमा डीआईजी थपलिया विवादमा पनि परेका थिए ।
यसैक्रममा गएको १३ साउनमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा काजसरुवा भएका एसपी पवन भट्टराईले आफूसँगै काठमाडौंस्थित नगर प्रहरीमा कार्यरत इन्स्पेक्टर आशुतोषबहादुर शाहीलाई लगेका छन् । नेपाल प्रहरीमा एउटै जिल्लामा दुईपटक पोष्टिङ नहुने प्रावधान छ । तर इन्स्पेक्टर शाहीको हकमा त्यो लागू हुन सकेको छैन । शाही यसअघि वडा प्रहरी कार्यालय श्रीपुरको इन्चार्ज थिए । अहिले एसपी भट्टराईले शाहलाई सिभिल टोली (घुमुवा)को इन्चार्जका रुपमा खटाउनेगरी पर्सामा आफूसँगै लगेका छन् । शाहीलाई सिंगल काजमा लगिएको छ । नगर प्रहरीमा एसपी भट्ट्राई इन्स्पेक्टर हुँदा शाही सई थिए । त्यो बेलादेखिको उनीहरुको निकट सम्बन्ध रहिआएको छ ।
तत्कालीन महानगरीय अपराध महाशाखा(हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) मा सईमा कार्यरत रहँदा आशुतोष शाहीले दरबारमार्गको एलिस रेष्टुरेन्टमा २०७५ भदौ २ गते मदिरा र खाना खाएर बिलको रकम माग्दा धम्की दिएको आरोप लागेको थियो । बिलको रकम माग गर्दा शाहीले बबाल गरेपछि आइजीपी सचिवालयमा गुनासो पुगेको थियो । महाशाखाले उनलाई रेस्क्यु गरी मापसे चेक गराएर घरमा लगेर छाडेको थियो । नुवाकोट ट्राफिकको प्रमुख हुँदा विवादमा परी उनले नसिहत नै पाएका थिए ।
त्यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरका लेखापाल(सई) राजनबहादुर खड्का पनि एसपी भट्टराईको घुमुवाका रुपमा ब्यापारीसँग डिल गर्न परिचालित भएका छन् । सादा पोशाकमा खटिने गरेका खड्काले एसपी भट्टराईको नाम लिएर ब्यापारी र भन्सारछली गर्नेहरुलाई थर्काउने र मिलाउने काम गर्दैआएको आरोप छ । खड्काको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा ठमेलमा ब्यापारी कुटेको भिडियो बाहिरिएपछि विवादमा परेका थिए ।
ब्यापारी कुटेको भिडियो नै सार्वजनिक भएपछि खड्कालाई चितवन सरुवा गरिएको थियो । अपराध अनुसन्धान कार्यालय(तत्कालीन महानगरीय अपराध महाशाखा)मा हुँदा उनी मिटरब्याजी र हुन्डी कारोबारीसँग कनेक्सन भएको आरोप लागेका सई खड्का तोकिएको लेखापालको काम नगरी सादा पोशाकमा घुमुवाका रुपमा परिचालित छन् । लेखापालको काम नगरी बीरगंजका ब्यापारी भेट्ने, खानपिन गराउने र डिल गर्ने काममा सई खड्का तल्लीन रहने गरेको आरोप छ ।
यसअघि कोमल शाह एसपी हुँदा छपकैया चौकीको इन्चार्ज भइसकेका सई राजन खड्काले माथिको आडमा गरेका क्रियाकलापका कारण पर्सा जिल्ला प्रहरी कार्यालयका सिनियर र जुनियर अधिकृत नै रुष्ट छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend