Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • प्रहरीबाटै लागूऔषध कारोबारीसँग डिल गरेको सूचना चुहिंदा डीएसपी रोकाया तानिए


    आइतबार, साउन २४ २०८३
    715
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रहरी आचरणबिपरीत क्रियाकलाप गरेको उजुरी परेपछि प्रहरी बृत्त बौद्धका डीएसपी सन्तोष रोकायालाई साउन १५ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा तानिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनलाई सोधपुछका लागि तानिएको बताएको छ ।

    रोकायाको बारेमा छानबिन भइरहेको बताइएको छ । बौद्ध बृत्तका इन्स्पेक्टर रेवत पोखरेलको नेतृत्वको टोलीले नियन्त्रणमा लिएका १६ जना लागूऔषध कारोबारीहरुलाई मुद्दा कमजोर बनाएर मुद्दा बुझाएको आरोप छ । सुरुमा नियन्त्रणमा नलिनका लागि इन्स्पेक्टरलाई निर्देशन दिए पनि उनले परिसरमा सेटमार्फत् भनिसकेकाले लागूऔषध कारोबारी पक्राउ परेका थिए ।

    पक्राउ परिसकेपछि प्रहरीले मुद्दा कमजोर बनाएर पेश गरेकाले लागूऔषधमा पक्राउ परेकाहरु अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए । मुद्दा कमजोर बनाएबापत १६ जनाबाटै जनही दररेट तोकेर डिल गरेको प्रमाणसहित एक पत्रकारले आईजीपी दानबहादुर कार्कीलाई पठाएपछि डिएसपी रोकाया तानिएका थिए ।

    २० बर्षभन्दा बढी समयदेखि कार्यरत असई हस्ती बस्नेतसँग डीएसपी रोकायाको खटपट भएपछि लागूऔषध कारोबारीसँग भएको डिलको डिलको भिडियो–अडियोसहितको प्रमाण पत्रकारसम्म पुगेको स्रोत बताउँछ ।

    हस्ती बस्नेत हवल्दार हुँदादेखि बौद्ध बृत्तमै कार्यरत छिन् । महिला सेलमा कार्यरत महिला सेलमा कार्यरत र बर्षौदेखि बृत्तमा क्यान्टिन चलाउँदैआएकी उनको रसुवा दरबन्दी भए पनि बौद्धमै रजगज गर्दैआएकी छन् । डीएसपी रोकाया तानिएपछि बस्नेतलाई पनि पहरा गणमा काजसरुवा गरिएको छ । पहरा गणमा काजसरुवा भए पनि बिरामी बिदा लिएर बौद्धमै उपस्थिति रहने गरेको स्रोत बताउँछ । देशभरका काजमा कार्यरतलाई दरबन्दीमा फिर्ता गर्ने अभियान चलाए पनि २० बर्षदेखि कार्यरत असई बस्नेतलाई भने बौद्धमै रहने छुट दिइएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले यसअघि पनि सहकारी ठगीमा पक्राउ परेका औतारसिंह लामा र एक गुण्डानाइकेलाई नछाड्न निर्देशन दिंदादिंदै छाडेकाले रोकायालाई मौखिक रुपमा सचेत गराएको थियो ।

    स्रोतका अनुसार पूर्वप्रहरी अधिकृतसमेत रहेका एक सांसदका निकट ती पत्रकारले सूचना दिएपछि तानिएका रोकाया आईजीपी कार्की कास्कीको एसपी हुँदा कास्की ट्राफिकको प्रमुख थिए । आईजीपी कार्कीसँग निकट भएकाले रोकायालाई शुक्रबार स्पष्टीकरण लिएर धनगढी पठाइएको छ । उनलाई सामान्य कारबाही गरी उन्मुक्ति दिनेगरी धनगढी पठाइएको स्रोतको दाबी छ ।

    यसैगरी, प्रहरी बृत्त बौद्धका इन्चार्ज रोकायाले सादा पोशाकमा टीम नै खटाएर अतिरिक्त कमाउधन्दा संचालन गरेको स्रोतले बतायो । डीएसपी रोकायाले पुष्पराज भण्डारी, राधेश्याम यादव, पुष्पराज जोशी, सवारीचालक राम श्रेष्ठको टीम सादा पोशाकमा परिचालन गरेका थिए । सूचना लिनका लागि भन्दा पनि डीएसपी रोकायाले अतिरिक्त कमाइका लागि उनीहरुलाई परिचालन गरेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार