काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाचापत्रमा राजनीतिक नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्ने उल्लेख गरेको छ ।
रास्वपा नेता कार्यकर्ताहरुले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले राजनीतिक दलका सदस्यहरुमात्र नियुक्ति गरेको योग्यलाई समेत सामाजिक संजालमा झोले भन्दै बदनाम गर्नुसम्म गरेका थिए । तर सरकारमा आएपछि भने रास्वपाले पनि कार्यकर्तालाई नै नियुक्ति दिने क्रमलाई प्राथमिकतामा राखेको छ ।
बिहीबार पद तथा गोपनीयताको सपथ लिएका स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा रास्वपाका पूर्व सल्लाहकार डा. सुवास प्याकुरेल नियुक्ति भएपछि उक्त पार्टीको मेरिटोक्रेसी नारामा मात्र देखिएको छ ।
डा. प्याकुरेललाई २०८० असोजमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनीत गरेको थियो । जुनबेला विभाग प्रमुख सांसद डा. तोसिमा कार्की थिइन् ।
वीमा बोर्डको कार्यकारी निर्देशकका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुल्ला प्रतिस्पर्धाको विज्ञापन समेत गरेको थियो । प्याकुरेललाई नियुक्ति गर्नका लागि एकपटक गरेको बिज्ञापन रद्द गरी पुनः बिज्ञापन गरिएको थियो । पुनः विज्ञापनमा रास्वपाका पूर्वसल्लाहकारलाई छनोट गरी नियुक्त गरेको छ ।
पहिलाको विज्ञापनमा कार्यकर्ता नपरेपछि रद्द गरिएको आशंका गरिएको थियो, जुन वास्तविकतामा परिणत भएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend