काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुमाथि कडाइकासाथ कारबाही गरिने भएको छ । सशस्त्र प्रहरी बलले मंगलबार विज्ञप्ति जारी गरी अबैध क्रियाकलापमा संलग्न देखिए कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनमा त्रुटि भेटिएमा तत्कालै छानविनमा ल्याई कारबाही गरिने बताएको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जनाको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि छानबिन शुरु गरेको हो । उनीहरुलाई असार १० गते प्रधान कार्यालयमा झिकाई छानबिन प्रक्रिया शुरु गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाईएको छ । त्यस्तै अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरेको हो ।
सरुवा गरिएका कर्मचारीहरु तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको हो, भने बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूलाई यसै हप्ता अन्तर जिल्ला सरुवा गरी सकिनेछ ।
संगठनले सीमा अपराध र तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ भने आर्थिक अनुशासन विपरीत कार्यमा संलग्न भएमा जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend