Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निःशुल्क शिक्षाका नाममा बिदेशमा फन्ड संकलन, टुंग्राम एकेडेमीमा विद्यार्थीसँग चर्को शुल्क असुली


    आइतबार, असार २१ २०८३
    3.3K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाली विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भनेर खोलिएको बुढानीलकन्ठ नगरपालिकाको हात्तीगौंडास्थित टुंग्राम इन्टरनेशनल एकेडेमीले चर्को शुल्क लिने गरेको छ ।

    नेपाली विद्यार्थीलाई निःशुल्क शिक्षा दिने भनी टुंग्राम बुद्धिष्ट फाउन्डेसनका टुङरम ग्याल्टुल शेर्पा (नेपालीमा ठुङरम लेख्ने गरेको) ले अमेरिका, ताईवान, मलेसिया, हङकङ जस्ता देशमा आर्थिक संकलन गर्ने गरेका छन् । तर विद्यार्थीसँग भने चर्को शुल्क लिंदैआएको छ । टुंग्राम इन्टरनेशनल एकेडेमी काठमाडौं उपत्यकाका महंगा विद्यालयमध्येमा पर्दछ ।

    फाउन्डेसनका प्रमुख टुङरम ग्याल्टुल शेर्पाले अमेरिकाबाट नेपाली विद्यार्थीका नाममा उठाएको सहयोग रकमले नेपालमा करोडौं करोडको जग्गादेखि सम्पत्ति जोडेको आरोप छ । उनले विद्यालयको नाममा विदेशबाट उठाएको रकम जग्गा र बिभिन्न क्षेत्रमा लगानी गरेको स्रोतको दाबी छ । टुंग्राम बुद्धिष्ट फाउन्डेसनको नाममा भिक्षुको आवरणमा उनले अमेरिकादेखि ताईवानसम्म ठूलो रकम उठाएको र त्यो पैसा विद्यार्थीलाई पढाउनका लागि होइन, ब्यक्तिगत सम्पत्ति जोड्ने र जग्गा खरिदमा लगाएको सरोकारवाला निकायले छानबिन गरेमा खुलासा हुनेछ ।

    नेपालमा पैसाकै बलमा राज्यका निकायका कर्मचारी प्रभावमा पारी टुङरमले नागरिकतामा जन्ममितिदेखि रिन्पोछे उपाधीसमेत  सच्याएको पाइएको छ ।  नागरिकतामा उनले उमेर १३ बर्ष घटाएको फेलापरेको छ । उनी सिन्धुपाल्चोकको बाह्रबीसेका भए पनि नागरिकता भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका थिए । टुङरमले २०३९ असोज १० गते लिएको नागरिकतामा टुङरम ग्याल्टुल(रिन्पोछे) शेर्पा नाम रहेको छ ।

    जन्ममिति २०२५ उल्लेख गरी टुङरम ग्यालटुलले २०३९ मा लिएको पहिलो नागरिकता, १२ बर्ष उमेर सच्याएर जन्ममिति २०३७ उल्लेख गरी २०५३ मा लिएको नागरिकता

    जन्ममिति २०२५ असार २९ गते लेखिएको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५३ साउन ३ मा लिएको दोस्रो प्रतिलिपिमा जन्ममिति २०३७ असार २९ गते उल्लेख गरिएको छ । दोस्रो पटक नागरिकता लिंदा टुङरमले १२ बर्ष उमेर घटाएका छन् । जुन तत्कालीन नागरिकता ऐेनबिरुद्ध हो । नेपाल नागरिकता ऐन, २०२० तथा नियमावली,२०४९ मा नागरिकतामा उमेर, थर सच्याउने ब्यवस्था नै थिएन । तर, ऐनबिरुद्ध टुङरमले नागरिकता सच्याएको पाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इश्वरी पौडेल नागरिकता ऐन २०२० अनुसार नागरिकतामा एक दुई दिन तारिख र गते फरक पर्दा सच्याउन सकिने भए पनि १२ बर्ष उमेर सच्याउने ब्यवस्था नरहेको बताउँछन् ।

    टुङरम ग्याल्टुल (रिन्पोछे) शेर्पाको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०३९ असोज १० गते लिएको नागरिकतामा जन्मस्थान सिन्धुपाल्चोक, तातोपानी गाउँ पंचायत–९ ठेगाना उल्लेख छ । हालको वतन खड्का भद्रकाली पंचायत ६ उल्लेख छ । नागरिकता नम्बर ६६८५–७६४ नम्बर रहेको छ ।

    २०५३ साउन ३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको दोस्रो प्रतिलिपिमा टुङरम ग्यालटुल शेर्पामात्र रहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०५३ साउन ३ गते प्रदान गरेको र प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलको हस्ताक्षर रहेको दोस्रो प्रतिलिपिमा रिन्पोछे शब्द गायब भएको छ । जबकि अघिल्लो नागरिकतामा रिन्पोछे ब्राकेटभित्र राखिएको छ ।

    नागरिकताको नम्बर भने दुबैमा ७६४-६६८५ उल्लेख छ । दोस्रो प्रतिलिपीकै नाम र जन्ममितिका आधारमा उनले ८ अगस्त, २०१८ मा टुङरम ग्यालटुल आर शेर्पाको नाममा राहदानी लिएका छन् । पहिलो नागरिकतामा जन्ममिति २०२५ असार २९ गते उल्लेख छ । तर दोस्रो प्रतिलिपिमा टुङ्रम ग्यालटुलको जन्ममिति २०३७ असार २९ गते उल्लेख छ । उनले दुबै नागरिकता बोकेर हिंड्ने गरेको आरोप छ ।

    टुङरमले नागरिकता २ वटा र पासपोर्टसमेत २ वटै बनाएको पाइएको छ । उनले २०२५ असार २९ गते्को जन्ममिति भएको नागरिकताका आधारमा बनाएको राहदानी नम्बर ०८६३०५१८ रहेको छ ।

    जन्ममिति २०३७ असार २९ गते उल्लेख भएको र २०५३ साउन ३ मा लिएको दोस्रो प्रतिलिपि नागरिकताका आधारमा बनाएको राहदानी नम्बर ११०३६९२८ रहेको छ । दुबै राहदानी टुङरमकै भएको प्रमाण नै नेपालफेसलाई प्राप्त भएका छन् ।

    यसरी १२ बर्ष उमेर र उपाधीसमेत सच्याएर प्रतिलिपी लिने र राहदानीसमेत २ वटा प्रयोग गरेका टुङरममाथि नागरिकता ऐन र राहदानी कानुन लागू हुन सकेको छैन । जबकि नागरिकताका उमेर वा उपाधी किन लेखियो र किन सच्याइयो, कानुन अनुसार संजायको भागीदार किन बनाइएन ? भन्ने प्रश्न अनुत्तरित छ ।

    टुङरम ग्याल्टुन शेर्पाले फरक फरक राहदानीका आधारमा विदेश भ्रमण गर्ने गरेको उदाहरण

    उमेरमात्र होेइन, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको दोस्रो प्रतिलिपिमा टुङ्रम ग्यालटुल शेर्पामात्र रहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०५३ साउन ३ गते प्रदान गरेको र प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलको हस्ताक्षर रहेको दोस्रो प्रतिलिपिमा उनको नामबाट रिन्पोछे शब्द गायब भएको छ । जबकि अघिल्लो नागरिकतामा रिन्पोछे ब्राकेटभित्र राखिएको थियो । दुबै नागरिकताको फोटोकपीसमेत हामीले समाचारमा राखेका छौं ।

    भिक्षुको आवरणमा निःशुल्क शिक्षा दिने भनेर अमेरिकादेखि ताइवानबाट उठाएको आर्थिक सहयोग ब्यक्तिगत सम्पत्ति र जग्गा जमिन खरिदमा प्रयोग गरिरहेका टुङरमले विद्यालयमा पनि कानुनबिपरीत  कर्मचारी भर्ति गरेको आरोप छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार