Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँडै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड


    शनिबार, चैत्र १४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन चाँडै  फिर्ता लिने बताएका छन् ।

    आज  प्रज्ञा प्रतिष्ठान डबलीमा नागरिकहरुको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले अब धेरै दिन पर्खन नसक्ने बताएका हुन् । ‘म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकै पटक अघि बढाउँ भनेर मात्रै हो,’ उनले भने ।

    प्रचण्डले समर्थन फिर्ता लिनका लागि आफूलाई विभिन्न ठाउँबाट दबाब आएको पनि बताए । उनले दबाब कहाँबाट आएको भन्ने चाहिँ खुलाउन चाहेनन् । ‘हत्त न पत्त समर्थन फिर्ता नलेउ भनेर ममाथि ठूलो दबाब छ ।

    म अब दारा किटेर मात्रै बसेको हो, समर्थन फिर्ता लिन्छु’ उनले थपे, ‘मलाई समर्थन फिर्ता नलेऊ भन्ने दबाब छ । अब नैतिक र राजनीति रूपले म अब धेरै दिन रोक्दिनँ छिट्टै प्रक्रिया अगाडि बढाउछु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार