Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भक्तपुरमा फैलियो ‘बर्डफ्लु’: ४८ हजार कुखुरा नष्ट


    बिहिबार, असार ११ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा पंक्षीमा लाग्ने ‘बर्डफ्लु’ पुष्टि भएको छ।

    चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि ठूलो संख्यमा कुखुरा नष्ट गरिएको छ।

    बर्डफ्लु रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए।

    बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको छ।

    हालसम्म भक्तपुरमा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लु रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएपछि ती फार्मका कुखुरा नष्ट गरिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार