Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली आफ्नै अडानमा, निर्णय फिर्ता नलिने


    शुक्रबार, चैत्र १३ २०७७
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि भएका कुनै पनि निर्णय फिर्ता नहुने प्रष्ट पारेका छन् । आज बसेको एमाले संसदीय दलको बैठकमा पार्टी एकता जोगाउनका लागि बरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतले गरेको अनुरोधलाई उनले अरण्यरोदन मात्र ठानेर फागुन २८, चैत ५ र त्यसपछि भएका कुनै पनि निर्णयमा पुनर्विचार नहुने बताएका छन् ।

    ओली आफूले गरेका अडानबाट पछि नहट्ने भएपछि माधव नेपाल समूह अप्ठेरोमा परेको छ । आज ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले ओलीले गरेका एक्लौटी निर्णय फिर्ता लिन आग्रह गरेका थिए । तर ओलीले बिधिसम्मत निर्णय भएकाले फिर्ता नहुने जवाफ दिएका छन् ।

    ओलीको यो अडानबाट उनी माधव नेपाल समूहलाई पार्टीबाट लखेट्ने पक्षमै रहेको देखाएको छ । महाभारतमा पाण्डवहरुलाई पाँच गाउँमात्र दिन भगवान कृष्णले अनुरोध गर्दा दुर्योधनले सियोबराबरको भूमि पनि नदिने भनेर दुत्कारेका थिए । त्यस्तै माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन भन्ने प्रष्ट जवाफ ओलीले दिएका छन् ।

    बैठकमा एकैछिन सहभागी भएका खनालले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि गरिएका सबै निर्णय अवैधानिक भएको र एमालेको पहिल्यै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनुपर्ने भनाई राखेका थिए ।

    आज ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमो नेकपा एमाले संसदीय दलको बैठक भएको थियो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार