Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेभित्र माधव नेपाल समूह पार्टीभित्रै अन्तरसंघर्ष गर्ने पक्षमा


    शुक्रबार, चैत्र १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजन चाहे पनि माधव नेपाल र झलनाथ खनालहरु पार्टीभित्रै अन्तरसंघर्ष गर्ने तर नफुटाउने निष्कर्षमा पुगेका छन् ।  

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यही निर्णय अनुसार शुक्रबार अध्यक्ष ओलीले बोलाएको एमालेको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरु जाने भएका छन् ।

    पार्टी अध्यक्ष ओलीले महासचिव इश्वर पोखरेलमार्फत् माधव नेपालसहितका चार नेतालाई सोधेको स्पष्टीकरण सोधेका थिए । जसको जवाफ बिहीबार दिएपछि एमाले फुटतर्फ उन्मुख भएको आशंका कार्यकर्ता पंक्तिमा छ । तर यो आशंकालाई चिर्दै नेपाल समूहले पार्टीभत्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।

    माधव नेपाल समूहको कलंकीमा बसेको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकले पार्टीभित्रै अन्तरसंघर्ष गर्ने तर नफुटाउने निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार