Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पार्टीभित्रै बसेर संघर्ष गर्ने नेपाल पक्षको निर्णय


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू र सांसदहरू उपस्थित बैठकले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ।

    पार्टीलाई विधि, पद्धति अनुसार चलाउनसमेत आग्रह गर्दै आज कलंकीस्थित एक पार्टी प्यालेसमा भएको बैठकले त्यस्तो निर्णय गरेको हो।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह ३ बजे बालुवाटारमा राखेकाे संसदीय दलको बैठक उक्त बैठकमा सहभागी हुने निर्णयसमेत गरिएको स्रोतले जानकारी दिएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार