Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेयरदेखि प्रदेश मन्त्री तत्माले संरक्षण गरेका गाँजा तस्करीका नाइके ठाकुर भारतमा पक्राउ


    शुक्रबार, असार ५ २०८३
    6.1K
    Shares
    बिहार प्रहरी र एसटीएफको संयुक्त कारबाहीमा हातहतियार र चरेससहित पक्राउ परेका कृष्णकुमार ठाकुर
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपालका कोशीदेखि मधेश प्रदेशका बिभिन्न जिल्ला हुँदै गाँजा भारत लैजाने गरिएको छ । कोशीका धनकुटा, भोजपुरको गाँजा मोरङ र सुनसरीका बिभिन्न नाका हुँदै भारत तस्करी हुने गरेको छ । बागमती प्रदेशको मकवानपुरदेखि मधेशका जिल्लामा उत्पादित गाँजा रौतहट, सर्लाही, बारा, पर्सादेखि महोत्तरी, धनुषा, सिरहा हुँदै भारत जाने गरेको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेटिङमा गाँजा तस्करी हुँदैआएको छ । छिटपुट रुपमा बरामद भए पनि ठूलो मात्रामा गाँजा तस्करी गरी भारत लाने समूह सक्रिय रहेको छ । पर्सा र बारासँग जोडिएको भारतीय सीमा क्षेत्र होस् कि धनुषाको सीमासँग जोडिएको भारतको बिहार राज्यको मधुवनी, बासोपट्टीमा २०८३ जेठ ३० गते ४ सय १९ किलो गाँजा बरामद भएको छ । धनुषाका बिभिन्न नाकाबाट ठूलो परिमाणमा गाँजा तस्करी हुने गरेको सूचनापछि भारतीय प्रहरीले निगरानी बढाएपछि उक्त गाँजा बरामद भएको बताइएको छ ।

    उक्त गाँजा बरामद भएसँगै नेपालबाट गाँजादेखि हतियार तस्करीसम्म गर्ने बिहार जानकीनगरका कृष्णकुमार ठाकुर पक्राउ परेका छन् । उनको पक्राउसँगै गहिरो अनुसन्धान हुने हो गाँजा तस्करीको गिरोहमा को-को छन्, सब खुलासा हुने स्रोत बताउँछ । स्रोतका अनुसार ठाकुरको कनेक्सन खोज्दै जाने हो भने मधेश प्रदेशका एक मन्त्रीदेखि मेयर हुँदै डीआईजीसम्म जोडिनेछन् ।

    बिहार प्रहरीले हातहतियार र लागूऔषधसहित पक्राउ गरेका कृष्णकुमार ठाकुर धनुषाको विदेह नगरपालिकामा २ पटक मेयर भएका बेचनदास तत्मा र उनका भाइ मधेश प्रदेशका खेलकुद मन्त्री लखनदास तत्माका अति निकट हुन् । विगत १ दशकयता ठाकुर तत्मा दाजुभाइकै साथमा देखिने गरेको नाम नबताउने सर्तमा धनुषाका एक एमाले नेताले बताउँछन् ।

    सेतो घेराभित्र दायाँतिर मन्त्री लखन दास र बायाँ बेचन दास । रातो घेराभित्र कृष्णकुमार ठाकुर

    ठाकुरका बिरुद्ध नेपाल र भारतमा थुप्रै मुद्दा छन् । धनुषाकी स्नेहाकुमारी यादवको हत्यामा समेत जोडिएका ठाकुरको मुद्दा सेटिङमा टुंग्याएका ठाकुर माओवादी जनयुद्धमा चन्दा आतंक मच्चाएर जेल परेका थिए । जुन बेला विदेह नगरपालिकाका मेयर बेचनदास पनि जेलमै थिए । ठाकुर बेचनदाससँग त्यतिबेलादेखि नै जोडिएका थिए ।

    ३ असोज, २०८२ मा धनुषाको बिदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा सशस्त्र प्रहरी बलले बरामद गरेको ८३५ किलोग्राम गाँजामा पनि कृष्ण ठाकुर जोडिएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले उक्त गाँजा बरामद गरेको थियो ।

    बरामद गाँजा स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइएको अवस्थामा भेटिएको थियो । उक्त गाँजामा साहका अलावा कृष्ण ठाकुरको नाम आएको थियो । एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनियामा गाँजा बरामद हुँदा कृष्ण ठाकुरको नाम समेत आएको थियो ।

    अगाडिपट्टिको लाइनमा टाउकोमा गम्छा बाँधेका कृष्ण्णकुमार ठाकुर र बीचमा चस्मा लगाएका मन्त्री लखनदास तत्मा

    गाँजा तस्करीमा ठाकुरलाई जोगाउने काम भने प्रदेश मन्त्री लखनदासले गरेको आरोप लाग्दैआएको छ । बेचनदास, लखनदाससँग लागूऔषध र हातहतियार काण्डमा पक्राउ परेका बिहार जानकीनगरका कृष्णकुमार ठाकुरको कनेक्सन देखिने धनुषाकै एमालेका एक नेता बताउँछन्– लागूऔषध गाँजा र चरेस तस्करीमा जोडिएका ठाकुर पक्राउ परेपछि उनले प्रयोग गर्दैआएको मोवाइलको कल डिटेल हेर्ने हो भने तत्मा दाजुभाइसँग निरन्तर कनेक्सन देखिनेछ ।

    नेपाल प्रहरीसँग मद्दत मागेर कृष्णकुमारको नेपालको मोवाइलको कलडिटेल हेर्ने हो भने मेयर र मन्त्री दाजुभाइदेखि प्रहरीका अधिकारीसँग उनको कनेक्सन देखिने दाबी ती एमाले नेताले गरेका छन् ।

    कृष्णकुमार ठाकुर पक्राउ पर्नु १ दिनअगाडि जेठ २९ सम्म पनि प्रदेश मन्त्री लखनदासका बडीगार्डजस्तै हरबखत उनै गाडीमा सवार हुने गरेको सीसीटीभी फुटेज हेर्दा पनि थाहा हुने स्रोत बताउँछ ।

    भर्खरै मधेश प्रदेशबाट सरुवा भएका नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियालाई मेयर बेचनदास, मन्त्री लखनदास र उनीहरुका अति निकट भारतीय नागरिक कृष्ण ठाकुरले मामा भनेर सम्बोधन गर्ने गरेको स्रोत बताउँछ ।

    कसरी पक्राउ परे ठाकुर ?

    २०८३ जेठ ३० गते भारतको बिहार राज्य, मधुबनीस्थित बासोपट्टी थाना क्षेत्रबाट उक्त गाँजा बरामद भएको छ । बिहार प्रहरी र एसटीएफको संयुक्त कारबाहीमा उक्त गाँजासहित पिकअप भ्यान पनि जफत गरेको समाचार भारतीय संचारमाध्यमहरुमा प्रकाशित भएको छ । गाँजा बोकेको भ्यानका चालक, खलासीसहित सडकमा लाइन क्लियर गर्ने एक ब्यक्तिलाई समेत पक्राउ गरिएको भारतीय संचारमाध्यममा उल्लेख छ ।

    गाँजा तस्करीको आशंकामा बिहार प्रहरीले खानतलासी लिने क्रममा मधुवनी बासोपट्टी क्षेत्रमा कृष्ण ठाकुरको घरमा छापा मारेको थियो । ठाकुरको घरमा छापामार्दा खुकुरी, तरबार लगायतका हतियारसहित ४ सय ग्राम चरेस पनि बरामद भएका थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार