काठमाडौं । शुक्रबार विस्तार हुने प्रदेश १ मन्त्रिपरिषदमा माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङ, माधव नेपाल समूह त्यागेर ओलीमा प्रवेश गरेका उषाकला राई लगायतले मन्त्री पद पाउने निश्चित भएको छ।
नेकपा विवाद चर्किँदा गुट छाडेर मुख्यमन्त्री शेरधन राईलाई साथ दिने एमाले र माओवादीका नेताहरूले मन्त्री पद पाउने निश्चित भएको हाे ।
नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरूले राजिनामा दिएपछि पाँच सदस्यीय रहेको प्रदेश मन्त्रीपरिषदमा चार जना थप गर्ने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङबुहाङले जिम्मेवारी पाउने भएका छन्। माओवादी केन्द्रले उनको सांसद पद खारेजको प्रक्रिया सुरू गरिसकेकोले उनी छ महिनाको लागि मात्र मन्त्री बन्न पाउनेछन्।
यस्तै, सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राई नियुक्त हुने भएकी छिन्। उनी यसअघि माधव नेपाल समूहमा रहे पनि समूह परिवर्तन गर्दै ओली समूहमा लागेकी थिइन्। त्यहीबेला उनलाई मन्त्री बनाउने आश्वासनसहित समूह परिवर्तन गराइएको चर्चा चलेको थियो।
यस्तै, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा राम राना नियुक्त हुने भएका छन्। उनी यसअघि सोही मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका थिए भने सो मन्त्रालयको नेतृत्व मुख्यमन्त्री शेरधन राई आफैंले लिएका थिए।
मुख्यमन्त्री राईले आफैं नेतृत्व गरेर आफ्ना विश्वास पात्र अम्बिरबाबु गुरुङलाई राज्यमन्त्री बनाएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनै गुरुङलाई नै मन्त्री नियुक्त गर्ने भएका छन्। प्रदेश सरकारको आधाभन्दा बढी बजेट परिचालन गर्ने सो मन्त्रालयको पूर्ण नेतृत्व विवादित पात्र गुरुङले पाउने भएका हुन्।
मोरङका राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र उदयपुरकी कला घलेले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
यसैगरी, मोरङका ज्ञानेश्वर राजवंशीले पनि राज्यमन्त्रीको जिम्मेवारी पाउने स्रोतले जनाएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend