Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ: प्रकाशमान सिंह


    शुक्रबार, चैत्र १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

    कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने उनले बताए। यो कुरा उनले बिहीबार विराटनगरमा भनेका हुन् । 

    सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि बताए।

    सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको उनको आरोप थियो।

    पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार