बीरगन्ज । वालेन्द्र शाह नेतृत्वको सरकारले जनसम्पर्क हुने कार्यालयमा बिचौलिया नियन्त्रण गर्ने अभियान चलाउँदैआएको छ । तर, भूमि प्रशासन कार्यालय पर्सामा जनप्रतिनिधिले नै निर्वाध बिचौलियाको काम गरिरहेका छन् ।
विगतमा भूमि प्रशासन कार्यालय पर्सामा तत्कालीन नायब सुब्बा मदन गुप्तासहितका कर्मचारीहरुले जग्गा रजिष्ट्रेसनमा नक्कली विलको प्रयोग गरेर राजस्व छली गर्दै आएको पुष्टि भैसकेको छ । गुप्ता नक्कली बिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानको कारबाहीमा परेर अदालतको आदेशमा भ्रष्टाचार ठहर भई जेल सजाय भोगिरहेका छन् भने केही धरौटीमा तारेखमा बसेका छन् ।
पर्साका पूर्व मालपोत कार्यालयका प्रमुखदेखि खरिदारसम्म यो प्रकरणमा मुछिएको पाइएको छ । प्रत्येक पाँच बर्षमा यो कार्यालयका कर्मचारीहरु आर्थिक अपराध अर्थात् राजस्व छली, अनियमितताको आरोपमा कारबाहीमा पर्दै आएका छन् । अहिलेसम्म दर्जन बढी कर्मचारीहरु कारबाहीमा परिसकेका छन् ।
पछिल्लो चरणमा भने यो प्रकरणमा लेखापढी ब्यवसायीहरुको पनि संलग्नता देखिन थालेको छ । विशेषतः पूँजीगत लाभकर छलीमा उनीहरुको संलग्नता पुष्टि भए पनि अहिले यो विषयलाई गुपचुप लुकाउने चलखेल हुन थालेको छ ।
भूमि प्रशासन कार्यालय पर्साका कार्यालय प्रमुख खेमराज खत्रीले चर्चित लेखापढी सेवा शुभलाभ लेखापढीका संचालक ओमप्रसाद यादवले सेवाग्राहीबाट मोटो रकम असुल गरेर साढे ४ लाख लाभकर भूमि प्रशासनमा नबुझाएर अनियमितता गरेको रहस्य खोलिदिएका छन् । र, ओमप्रसाद यादवले लेखापढी ब्यवसाय गर्न लिएको लिएको भूसेवाको अनुमति पनि खारेज गरेका छन् ।
यसैगरी भूमि प्रशासन कार्यालय पर्साबाट जिल्ला प्रहरीमा यसबारेमा लिखित उजुरी गरेर लेखापढी ब्यवसायी यादवसहित जग्गाधनी र कार्यालयका केही कर्मचारीविरुद्ध कारबाही गर्नका लागि उजुरीसमेत दिएका छन् । उनीहरु हाल पर्सा जिल्ला अदालतबाट घरौटीमा रिहा भएका छन् । तर यसैमा यो प्रकरण सकिएको छैन ।
भूमि प्रशासनमा लेखापढी ब्यवसायीबाट लाभकर छलीको घटना उजागर भएपछि लहरो तान्दा पहरो आउने त्रासमा लेखापढी ब्यवसायीहरुले कार्यालय प्रमुख खत्रीलाई थप कारबाही अघि नबढाउनका लागि दबाब दिइरहेका छन् । कार्यालय प्रमुख खत्री दबाबमा परेका छन् । उनी किन दबाबमा परे भन्नेबारे यहाँ चर्चा गरिरहनु नपर्ला ।
पक्राउ परेका ओमप्रसाद यादव वडाध्यक्ष एवं चर्चित लेखापढी ब्यवसायी शम्भुप्रसाद मिश्रको चेला हुन् । उनैको इशारामा यादवले यसप्रकारको अनियमिततालाई बढावा दिँदै आएका छन् । खासगरी मारवाडी समुदायको काममा उनले अहिलेसम्म करोडौंको लाभकर छली गरिसकेको आरोप छ । लाभकरमा करोडौं गोलमाल गर्दैआएका मिश्रले जिल्ला प्रहरी कार्यालय पर्सामा समाजसेवीको रुपमा बेला बेलामा सहयोग गर्दैआएका छन् ।
प्रहरीमा समाजसेवीको रुपमा देखापरेका वडाध्यक्ष एवं लेखापढी ब्यवसायी मिश्रले पुरानो मालपोत अहिलेको भूमि प्रशासन कार्यालयमा कार्यालय प्रमुख, कर्मचारीहरुलाई प्रभावमा पारेर जग्गा रजिष्ट्रेसन र लाभकर करोडौं छली गरिसकेका छन् । र, यो विगतदेखिकै लाभकर छलीको लहरो तान्दै जाँदा करोडौं करोड अनियमितता उजागर हुने भएपछि मिश्रकै दबाब र प्रभावमा कार्यालय प्रमुख खत्री थप छानबिन गर्न हच्किएको चर्चा छ ।
भूमि प्रशासन कार्यालय पर्सा(तत्कालीन मालपोत कार्यालय)मा मदन गुप्ताकै पालादेखि शम्भुप्रसाद मिश्रको बोलवाला चल्दैआएको छ । प्रहरी कार्यालयमा गरेको सहयोगले गर्दा उनको सेटिङमा भएका करोडौं लाभकर छली जस्ता अपराधमा पनि पर्सा प्रहरीले आँखा चिम्लने गरेको आरोप छ । अहिले भूमि प्रशासन कार्यालयका प्रमुख खत्रीले लाभकर छलीको घटनामा लेखापढी ब्यवसायीदेखि कर्मचारीलाई कारबाही गर्न प्रहरीलाई पत्र लेखे पनि मिश्रकै दबाबमा मुद्दा कमजोर बनाएर पेश गरिएपछि सबै धरौटीमा छुटेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend