काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका दुई पक्षले आज छुट्टाछुट्टै बैठक गर्दैछन्।
आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा र सत्ता पक्षसँग असन्तुष्ट रहेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर गरेर पार्टीलाई पहिलेकै अबस्थामा ब्युताइदिएपछि एमालेमा अहिले आन्तरिक द्वन्द चलिरहेको छ।
वर्तमान समयमा पार्टीभित्र रहेका अध्यक्ष ओली र शीर्षनेताहरुको मन नमिल्दा एमाले लथालिङ्ग भएको छ।
यसैबीच, कलंकीस्थित नेपाल पक्षको आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठकहरु बोलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने स्रोतले बताएको छ भने अध्यक्ष ओलीले बालुवाटारमा नेपाल पक्षका नेताहरुले बुझाएको स्पष्टीकरण जवाफको बारेमा निर्णय गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले बताएका छन्।
यसअघि बालुवाटारमा बसेको बैठकले पार्टीको बिधान विपरित गुट भेला गरेको भन्दै असन्तुष्ट रहेका नेपाल पक्षका चार जनालाई स्पष्टीकरण पत्र पठाएको थियो भने बिहीबार उक्त पत्रको जवाफसहित नेताहरुले पत्र बुझाएका छन्।
अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको र पार्टीको बिधान विपरित कार्यहरु गर्दै आइरहेको भन्दै नेपाल पक्षले असहमति जनाउदै आएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend