Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठगीमा पक्राउ परेका वालेन्द्रका कोरटिमका सदस्य सन्तोष साह २ दिनमै छुटे


    मंगलबार, असार २ २०८३
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ठगी र बैंकिङ कसूरमा पक्राउ परेका मिथिला थालीका संचालक सन्तोष साह म्यादथप गरेकै दिन छुटेका छन् । जेठ २९ गते धनुषाबाट पक्राउ परेका साहलाई सोमबार प्रहरीले ३ दिन म्यादथप गरेको थियो । तर प्रधानमन्त्री कार्यालयकै दबाबमा उनी म्यादथप भएकै दिन बेलुका हाजिर जमानीमा छुटेका छन् । सकुन्तला अधिकारी (थापा) को जाहेरीले साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८३ जेठ २९ गते पक्राउ गरेको थियो ।

    काठमाडौं जिल्ला अदालतबाट २५ लाखको बैंकिङ कसुर (चेक अनादर) मुद्दामा १ महिना कैद र १ लाख २५ हजार जरिवाना तोकिएका उनलाई म्यादथप गरिएपछि प्रधानमन्त्री कार्यालयकै दबाबमा छाडिएको स्रोत बताउँछ । प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सन्तोष साह खाद्य सल्लाहकार थिए । आफ्नो टीमका साहलाई ठगी आरोपमा पक्राउ गरेकोमा रुष्ट भएका थिए प्रधानमन्त्री शाह ।

    आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री कार्यालयबाटै उनलाई छाड्न दबाब आएपछि म्यादथप गरेकै दिन सोमबारै बेलुका उनी छुटेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सन्तोष साह छुटेकोबारेमा अनभिज्ञता प्रकट गरेका छन् । खड्काले भने–‘पक्राउ अनुमति काठमाडौं परिसरले लिएको हुनाले हामीलाई पक्राउ गर्न सहयोग माग्नुभएको थियो । परिसरले जानकारी दिनसक्छ यो बिषयमा ।’

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले हाजिर जमानीमा साह छुटेको प्रतिक्रिया दिए । उनले भने–‘उहाँका २ वटा मुद्दा थिए । एउटा बैंकिङ कसूर र अर्को ठगी । बैंकिङ कसूरमा एक महिना कैद र जरिवाना भएको साँचो हो । पुनरावेदनमा जाने अबधि बाँकी छ । अर्को ठगी सम्बन्धी कसूरमा पनि जाहेरी दर्ता थियो । ठगीमा मिलापत्र गर्ने प्रावधान हुन्छ । मिलापत्रको प्रावधान अन्तर्गत उहाँ छुट्नुभएको हो ।’

    जिल्ला अदालत काठमाडौंले एक महिना कैद र जरिवाना तोकिसकेको अवस्थामा पुनरावेदन गर्न पाउने हक छ भन्ने अनौठो तर्क प्रहरीले गरेको छ । सर्वसाधारणले यसरी उन्मुक्ति पाउँछन् त भन्ने प्रश्न उठेको छ । उच्च अदालतमा पुनरावेदन गरेर त्यहाँबाट छाड्ने आदेश भइसकेपछि रिहा हुने हो । तर सन्तोष साहलाई भने पुनरावेदन गर्न जाऊ भनेर प्रहरीले छोडेकोे छ । माथिबाटै दबाब आएपछि कैद भुक्तान नगरी र जरिवाना नै नतिरी छाडिएको स्रोतको दाबी छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार निकालेको विज्ञप्ति

    वालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदा उनका सल्लाहकारको सूचीमा सन्तोष साह पनि रहेको समाचार नयाँ पत्रीका दैनिकमा प्रकाशित भएको थियो

    सन्तोष कुमार साह-ठगी सम्बन्धी कसूर

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार