काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट कैलाली २ बाट सांसदमा निर्वाचित केपी खनालले कलेज र स्थानीय तहसँग समन्वय नै नगरी जथाभावी छात्रबृत्ति सिफारिस गरी कलेजहरुमा विद्यार्थी भर्ना गर्न पठाउने गरेको पाइएको छ ।
सांसद खनालले आफ्नो लेटरप्याडमा कलेजलाई सोध्दै नसोधी, स्थानीय तहसँग कुनै समन्वय नगरी विद्यार्थीलाई छात्रबृत्ति दिन पत्र लेखेर पठाएका छन् । स्थानीय तहले परीक्षा लिएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजहरुमा छात्रबृत्ति सिफारिस गर्ने ब्यवस्था छ । तर, सांसद खनालले आफैंले परीक्षा लिएको भन्दै छात्रबृत्तिका लागि सिफारिस गर्दैआएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २, कैलाली को पहलमा सञ्चालन भएको एमपी छात्रवृत्ति परीक्षा, एम.पी छात्रवृत्ति कार्यक्रमः २०८३, परीक्षा ब्यवस्थापन समितिको नाममा छात्रबृत्ति दिन कलेजहरुमा पत्र आतंक मच्चाएका छन् । उनले छात्रबृत्ति परीक्षा लिन कहाँबाट अनुमति लिए, उनले छात्रबृत्ति सिफारिस कानुनतः गर्न पाउने हो कि होइन ? त्यो समेत ज्ञान नभएका खनालले सांसद पदकै दुरुपयोग गरी विद्यार्थीलाई पत्र दिंदै कलेजहरुमा पठाउने गरेका छन् ।
बानेश्वरमा चियादानी नामको चियापसल संचालन गर्दैजाँदा काठमाडौैं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहसँग जोडिन पुगेपछि कैलाली २ मा टिकट पाएर सांसद भएका खनालले छात्रबृत्तिको पत्र लेखेपछि कलेजहरुमा आतंक नै मच्चिएको छ । स्थानीय तहले सिफारिस गरेकाबाहेक अरु विद्यार्थीलाई छात्रबृत्ति दिन कलेजहरु बाध्य छैनन् । सांसद खनालले जस्तै लेटरप्याडमा छात्रबृत्ति सिफारिस गर्ने र दिंदै जाने हो भने कलेज नै बन्द गर्नुपर्छ, एक कलेज संचालकले भने–प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३ सय ३४ सांसद छन् । सबैले यसरी परीक्षा लिएको भन्दै बिद्यार्थी पठाउने हो भने कलेजले धान्न सक्छन् ?
सांसद खनालले कलेजहरुसँग सम्बन्ध नराखी, स्थानीय तहसँग समन्वय नराखी केपी खनाल छात्रबृत्तिका लागि कलेज कलेजमा विद्यार्थी पठाउने गरेको पाइएको छ ।
खनालले लेटरप्याडमा विद्यार्थीलाई पत्र थमाएर ‘उल्लेखित शिक्षण संस्थामा गई सम्बत् २०६३ साल जेठ २८ गतेभित्रमा भर्ना हुनुहोला । अन्यथा माथि उल्लिखित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी गर्न पाइने छैन ।’ भन्ने पत्र दिएर कलेज कलेजमा पठाउने गरेका छन् ।
विद्यार्थीलाई दिएको पत्रमा बोधार्थ भनेर कलेजको नाम उल्लेख गरिएको पाइएको छ । खनालले बोधार्थ लेखेका कलेजलाई मनोनयन भएका विद्यार्थीलाई सरकारलाई तिर्नुपर्ने दस्तुरबाहेक अन्य कुनै पनि शुल्क नलिई कक्षा ११ र १२ निःशुल्क भर्ना गर्नसमेत अनुरोध गरेका छन् । केपी खनाल छात्रबृत्ति छनोट समिति संयोजकको हवाला दिएर पत्र लेखिएको छ ।
सांसद केपी खनालसँग कलेजसँग नसोधी, स्थानीय तहसँग समन्वय नगरी छात्रबृत्तिमा पढाउनू भनेर पत्र लेख्दै कलेज कलेजमा पठाउने गरेकोबारेमा प्रतिक्रिया लिन आइतबार बिहान पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले सम्पर्कमा आउन चाहेनन् । उनको प्रतिक्रिया प्राप्त भएमा यथोचित स्थान दिनेछौं ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend