नेकपा एमालेभित्र समानान्तर गतिविधिको अभ्यास गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले शुक्रवारका लागि केन्द्रीय कमिटी सदस्यको भेला बोलाएका छन् ।
शुक्रवारकै लागि प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक पनि बेलाएका छन् ।
राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले शुक्रवार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।
यसअघि पनि खनाल-नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला भएकै दिन एमाले संसदीय दलको बैठक बसेको थियो ।
संसदीय दलका लागि स्पष्ट एजेण्डा तोकिएको छैन ।
चैत ७ गते बसेको संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन गर्दै संसदीय बोर्ड गठन गरेको थियो ।
सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
शनिवार बालुवाटारमा बसेको संसदीय दलको बैठक बहिस्कार गरेको खनाल–नेपाल समूह शुक्रवारको बैठकमा सहभागी हुने/नहुने यकिन भएको छैन ।
शनिवार बालुवाटारमा संसदीय दलको बैठक बसिरहेको समयमा खनाल–नेपाल पक्षका ३८ जना सांसदले बैठक सिंहदरबार राख्नुपर्ने लगायत माग राख्दै ओलीलाई पत्र पठाएका थिए ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले गुटसँग सौदाबाजी नगर्ने र व्यक्तिगत रूपमा सांसदहरूसँग डिल गर्ने बताएका थिए ।
शनिवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहेका सांसद कृष्णभक्त पोखरेल संस्थापन पक्षमा फर्किएका थिए ।
संसदीय दलको बैठकमा अनुपस्थित भएका सांसदलाई स्पष्टीकरण सोध्नेलगायत विषयमा छलफल हुने एक सदस्यले जानकारी दिए ।
दलीय अनुशासन उल्लंघन गर्ने सांसदलाई स्पष्टीकरण सोध्नका लागि एमालेले ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको थियो ।
‘संसदीय दलको बैठकमा उपस्थित नहुने, तर गुटको भेलामा सहभागी सांसदहरूलाई स्पष्टीकरण सोध्ने विषयमा शुक्रवारको बैठकका छलफल हुन्छ,’ ती सांसदले लोकान्तरसँग भने ।
केन्द्रीय कमिटीले ४ जना नेतासँग स्पष्टीकरण सोधे पनि सांसदहरूसँग स्पष्टीकरण सोधिएको छैन ।
बोर्डका सदस्य सांसद शेरबहादुर तामाङले अहिलेसम्म बोर्डको बैठक बस्न नसकेको जानकारी दिए । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई पनि सदस्य बनाइएको छ ।
संसदीय दलको विधान संशोधन गर्दै अध्यक्ष ओलीलाई समानुपातिक सांसदको सूची सच्याउन सक्ने अधिकार दिइएको छ ।
स्पष्टीकरण सोधिएका नेपाल पक्षका चार नेताले बिहीवार अबेरसम्म या शुक्रवारसम्म स्पष्टीकरण पत्रको जवाफ दिने तयारी गरेका छन् ।
रणनीति बनाउन माधव पक्षको बैठक
खनाल–नेपाल पक्षले भावी रणनीति बनाउन भन्दै शुक्रवार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ ।
‘समानान्तर गतिविधिलाई जिल्ला तहसम्म कसरी लैजाने भन्ने विषयमा छलफल गर्न भेला बोलाइएको हो,’ नेपालपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
खनाल–नेपाल पक्षले युवा र विद्यार्थी संगठनको राष्ट्रिय भेला गरी समानान्तर कमिटी गठन गरिसकेको छ ।
युवा संघको अध्यक्षमा नरेश शाही र विद्यार्थी संगठनको अध्यक्षमा सुदेश पराजुलीलाई जिम्मेवारी पनि दिएको छ ।
विद्यार्थी संगठनको भेलामा नेता नेपालले जिल्ला जिल्लासम्म प्रशिक्षण र भेला गर्ने बताएका थिए ।
‘हामीले राखेका विषय सम्बोधन नभई संसदीय दलको बैठकमा सहभागी हुने कुरै छैन । ७ गते शनिवारको बैठकमा हामीले विरोध पत्र बुझाएका छौं,’ नेपालपक्षीय ती नेताले भने ।
सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारले शनिवार संसदीय दलको बैठक चलिरहेको समयमा ३८ सांसदको हस्ताक्षरसहित विरोध पत्र बुझाएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend