Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अध्यक्ष ओलीलाई माधव नेपालको जवाफः पार्टी विभाजनको दुराशय तपाईमै देखियो  


    बिहिबार, चैत्र १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ बिहीबार दिएका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गरी लेखेको जवाफमा नेपालले आफूलाई होइन, ओलीलाई नै कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । बरिष्ठ नेता नेपालले १५ पेज लामो जवाफ लेखेका छन् ।

    नेपालले जवाफमा लेखेका छन्– विधान उल्लंघन आफूले होइन, पार्टी अध्यक्ष ओलीले उल्लंघन गरेकाले उनीमाथि कारबाही हुनुपर्ने तर्क गरेका छन् । नेपालको जवाफमा ओलीले गरेका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत भएको उल्लेख छ । बिधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भएकाले ओलीमाथि नै कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ, नेपालको जवाफमा उल्लेख छ–नेकपा (एमाले) पुनःस्थापित भएपछि म समेत नेकपा (एमाले) र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाई समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?

    त्यस्तै यही चैत २ गते नेकपा (एमाले), केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाई समेत तपाई निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा (एमाले) निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईले किन मान्नुभएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ? नेपालको जवाफमा उल्लेख छ । 

    यस्तो छ नेपालले दिएको स्पष्टीकरण 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार