Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने


    बिहिबार, चैत्र १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो खिच्न नपाइने भएकाे छ ।

    आज बिहान ११ बजे जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रम थियाे ।

    उक्त कार्यक्रम शुरू हुनु पूर्व कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने जानकारी गराएका हुन् ।

    कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको भए पनि अझै सुरू भएको छैन ।

    प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको भट्टराईले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार