Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नु हाे: बाबुराम भट्टराई


    बिहिबार, चैत्र १२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन ढिलाइ गर्दा ओली सरकारले निरन्तरता पाएको बताएका छन् ।

    प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ। 

    प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन्।

    ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ बिहीबार भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार