Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बजेटअघि सूचना चुहिंदा मोरङ अटोका अग्रवालले बीरगंज भन्सारबाट २७० वटा डिपल गाडी भित्र्याए


    शुक्रबार, जेष्ठ २२ २०८३
    960
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । बजेट भाषणअघि नै करका दर हेरफेर हुने सूचना लिक भएपछि अर्बौं मूल्यका ईभी गाडी भित्रिएका छन् । बजेटअघि नै ईभी गाडीमा कर बृद्धि हुने सूचना पाएपछि मोरङ अटो वक्र्सका संचालक बिष्णु अग्रवालले २ सय ७० वटा डिपल गाडी भित्र्याएका छन् ।

    मन्त्रालयको राजनीतिक नेतृत्वकै तहबाट सूचना पाएपछि अग्रवालको मोरङ अटो वक्र्स(एमएडब्लु)ले डिपल गाडी भित्र्याएको स्रोतको दाबी छ । स्रोतका अनुसार बजेट भाषणको केही दिनअघिमात्र बिष्णुकुमार अग्रवालले अर्थमन्त्री वाग्लेसँग भेटेका थिए । अर्थमन्त्री वाग्ले र रवि लामिछानेलाई समेत भेटेका अग्रवालले चुनावमा रास्वपालाई मन फुकाएर सहयोग गरेकाले बजेटमा ईभीको करको दर हेरफेर हुने सूचना पाएको स्रोतको दाबी छ ।

    बजेटअघि नै सूचना पाएपछि अग्रवालले डिपलका २ सय ७० वटा गाडी आयात गरेको खुलेको छ । अर्थमन्त्रालय नै मिलाएर भित्र्याइएका डिपल गाडी बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले छाडेका थिए ।

    बिभिन्न बस्तु वा गाडीको करका दर बृद्धि हुने सूचना विगतमा अर्थमन्त्रालयका उच्चतहका कर्मचारीबाट लिक हुने गरेको थियो । यो बर्ष उच्चतहका कर्मचारीबाट नभई राजनीतिक नेतृत्त्वबाटै सूचना चुहिएर बजेट अगाडि एमएडब्लुका अग्रवालले उक्त गाडी भित्र्याएको खुलेको छ ।

    त्यसो त ६ एमएडब्लुका अग्रवाल नक्कली भ्याटबिलमा समेत मुछिएका थिए । राजस्व अनुसन्धानको छानबिन र मुद्दाबाट जोगएको बिष्णुकुमार अग्रवाल संचालक रहेको एमएडब्लु ग्रुप अफ कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी करोडौं करछली गरेकाले कारबाहीको माग गर्दै ७ बर्षपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

    एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक अग्रवालविरुद्ध नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको आरोपसहित उजुरी दर्ता भएको हो । विदेशबाट सवारी साधन आयात गर्ने र नेपालमा बिक्री वितरण गर्दै आएका अग्रवालले करोडौँ रुपैयाँ भ्याट र कर छली गरेको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार