वीरगन्ज । लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको बिशेष टोलीले मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ गरेको हो । अदालतबाट पक्राउ पूर्जी जारी भएका मेयर सिंह फरार अवस्थामा रहेका थिए ।
लिखत सम्बन्धी कसूर तथा किर्ते जालसाजी मुद्दामा गएको जेठ ८ गते पक्राउ पूर्जी जारी भएका राजेशमान सिंह फरार भएका थिए । पक्राउ पूर्जी जारी भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले सूचना लिक गरेपछि उनी फरार भएका थिए ।
नागरिकता प्रकरणमा पक्राउ
मेयर राजेशमान सिंह किन पक्राउ परे त भन्ने घटनाक्रम यस्तो छ–सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिका–१० निवासी रिता भट्टराई काठमाडौंको खिचापोखरीस्थित टोक्यो स्टोरमा कार्यरत रहँदा मेयर सिंहसँग सम्बन्ध स्थापित भएको थियो ।
सिंह निकट स्रोतले रिता भट्टराईसँग भेट हुनुअघि नै छोरी रुबिनाको जन्म भइसकेको दाबी गरेका छन् । रिता भट्टराईका श्रीमान भारतीय मूलका व्यक्ति रहेको तथा ट्याक्सी चालक पेशामा संलग्न रहेको चर्चा भए पनि त्यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ । उनी हाल जीवित नरहेको दाबीसमेत विभिन्न स्रोतबाट गरिएको छ ।
यही प्रकरणमा झुट्टा विवरण तथा किर्ते कागजात प्रयोग गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता बनाएको आरोप मेयर सिंहमाथि लागेको हो । सिंहले नक्कली बाबु बनेर रुविनालाई नागरिकता दिलाएको आरोप लाग्दैआएको छ । नेपालको नागरिकतासम्बन्धी कानुनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका हुन् ।
राजेशमानकै श्रीमती अन्नपूर्र्ण मानन्धरका अनुसार राजेशमान र उनको एउटा मात्रै छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका थिए । अवैध नागरिकता लिएकी युवती भने पासपोर्ट बनाएर विदेश पुगिसकेकी छन् ।
यसअघि सार्वजनिक भएका विभिन्न कागजातमा भने मेयर सिंहले निर्वाचन आयोगमा व्यक्तिगत विवरण बुझाउँदा तथा बैंक खाता खोल्दा आफ्नो एकमात्र सन्तान छोरा भएको उल्लेख गरेका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend