Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ पार्टी कार्यालय थापाथलीमा रोबोटद्धारा प्रधानमन्त्रीलाई स्वागत


    बुधबार, चैत्र ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको नयाँ पार्टी कार्यालय बस्न लागेको थापाथलीमा रोबोटले प्रधानमन्त्रीलाई स्वागत गरेको छ ।

    कार्यालयमा आउने पाहुनालाई रोबोटद्धारा स्वागत गर्ने सकिने नेपाली वैज्ञानिकको प्रस्ताव अनुसार आज थापाथलीमा रोबोट राखिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

    मानिसले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने ‘परी’ नामको रोबोट बुधबार कार्यालयको गेटमा राखिएको थियो।

    रोबोटले प्रधानमन्त्री ओलीका बारेमा ५ मिनेटजित परिचय गराएको थियो। ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा समेत आगन्तुकहरुलाई परिचय गराएको रोबोट नेपालमै बनेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार