Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीद्धारा पार्टी कार्यालय भवन अवलाेकन, पाँच वर्षको लागि सम्झौता


    बुधबार, चैत्र ११ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्।

    ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका हुन्।

    अवलोकनपछि व्यवस्थापन सबै ठिक भएको स्रोत जानकारी दिएको छ ।

    ‘प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो। केहीबेर बस्नुभयो। आफ्नो पार्टी कार्यालय कस्तो छ हेर्नुभयो। यहाँ सेटअप गरेको सबै ठिक छ। अब हामी छिट्टै सम्झौता गर्छौं र सर्छौं भन्नु भएकाे स्रोत बताएकाे छ ।

    उक्त घर पाँच वर्षको लागि सम्झौता भएको तर यद्यपि पैसाबारे अहिल्यै नै छलफल भइसकेकाे छैन ।

    एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। 

    अग्रवालले  भने,‘भाडा कति हुने र कति वर्षसम्म भाडामा दिने भन्नेबारे आज सम्झौता भएपछि थाहा हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार