Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री राईको पद सुरक्षित,नेपाल समूहद्धारा अविश्वासको प्रस्ताव फिर्ता


    बुधबार, चैत्र ११ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ ।

    मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत भए पछि राईको पद जोगिएको हाे।

    एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

    अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन माधवकुमार नेपाल पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार