काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्तासमीकरणका विषयमा अनिर्णीत छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन कांग्रेस, माओवादी केन्द्र र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तीन दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रस्ट बताइसकेका छन् । उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेका बेला जसपाका नेताहरू भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहेका थिए ।
कांग्रेस नेताहरूका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा गर्यो भने भिन्न परिस्थिति खडा हुन सक्छ । माओवादीको जोड तीन दलबाट संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गर्नेमा थियो । कांग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउने सम्भावना देखिँदैन । प्रधानमन्त्रीको नामसमेत सँगै प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाले पनि यो बाटो जाने सम्भावना कम भएको हो ।
प्रधानमन्त्री ओलीलाई हटाउन माओवादीसँग अब एउटा अस्त्र मात्रै बाँकी छ, सरकारबाट अलग भएको घोषणा गर्ने । माओवादीले सरकारबाट अलग भएको घोषणा गरे प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन सकेनन् भने मात्रै ओली सरकारबाट हट्ने छन् । प्रमुख प्रतिपक्षको भूमिकामा बसेको कांग्रेसलाई ओलीको निरन्तरता हुने गरी विश्वासको मत दिन संस्थागत रूपमा कठिनाइ पर्ने देखिन्छ । ‘त्यस्तो बेला कांग्रेसले विपक्षमा मतदान गर्नुपर्ने या त तटस्थ बस्नुपर्ने अवस्था आउन सक्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
ती पदाधिकारीका अनुसार त्यस्तो बेला तीन दलको गठबन्धनमा वैकल्पिक सरकार बन्ने सम्भावना रहन्छ । वैकल्पिक सरकार बन्न सकेन भने मुलुकलाई तत्कालै निर्वाचनतिर धकेल्ने बाटो खुल्छ । यस्तो भयो भने ओली नेतृत्वकै सरकारबाट आगामी मंसिरभित्र चुनाव गराउने सम्भावनासमेत रहेको कांग्रेस नेताहरूको आकलन छ । ‘सभापतिजीको विराटनगरको भनाइ पनि निर्वाचनतिरै मुलुकलाई लैजाने मनसाय हो,’ देउवानिकट स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीको रणनीति भने सकभर आफ्नै नेतृत्वको सरकारलाई बाँकी समय निरन्तरता दिने देखिन्छ । सरकार अल्पमतमा पर्ने अवस्था खडा भए मध्यावधि घोषणा गर्ने प्रस्ट जनाउ ओलीले दिइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता राखेको सर्वदलीय बैठकमै ओलीले मध्यावधि निर्वाचनको प्रस्ताव अघि सारेका थिए । (आजको कान्तिपुर दैनिकबाट)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend