ललितपुर । बजारमा पाइने ब्रान्डेड मदिरा ब्ल्याकलेबल, रेडलेबलसमेत नक्कली उत्पादन र बिक्रीबितरण हुने गरेको छ । सशस्त्र प्रहरीले मंगलबार नक्कली मदिरा उत्पादन गर्ने अखडामा छापा मारी गिरोह नै समातेपछि ब्ल्याकलेबल, रेडलेबलसमेत नक्कली बनाउने गरेको खुलासा भएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापामारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याकलेवल लगायत महंगा ब्राण्डेड रक्सीसमेत बरामद गरेकोे छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको बिर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० बर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने २८ बर्षीय विनोद तामाङ, २६ बर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षिय छिदेन निमा तामाङ छन् ।
साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले एकीन गर्न सकिएको छैन ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी बिष्णुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend