काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाका विषयमा जो इमान्दार हुन्छ उसैलाई साथ दिने बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो । इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो ।’
‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न’ नेता महतोले भने ।
जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रुपमा अघि सारेको छ ।
महतोले सरकारले गृहकार्य गरिरहेको जवाफ दिएको तर आफूहरुले काम होस् भन्ने चाहेको बताए । ‘सरकारले सकारात्मक रुपमा अघि बढेको भनिरहेको छ । तर काम हुनुपर्यो’ उनले भने, ‘संविधान संशोधनको विषयमा कांग्रेस र माओवादी केन्द्रसमेतका पार्टीहरुलाई पनि हामीले आग्रह गरिरहेका छौं ।’
सत्ता साझेदारी को सँग गर्ने भन्ने विषयमा अहिले आफूहरु अलमलमा नरहेको पनि महतोले जिकिर गरे । माग पूरा भएपछि पार्टीले सरकारमा जाने विषयमा निर्णय गर्ने उनले बताए । ‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ’ महतोले भने, ‘माग पूरा भए पछि जाने वा नजाने त्यतिबेला सोचौंला ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend