Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई सांसदको प्रश्‍न : लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ ?’


    मंगलबार, चैत्र १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई सोधेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्‍यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्‍यो ।

    सरकारले लोगो पनि माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि लोगो लगाएर हिड्ने ? लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ ?’

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणमा जाँदा यो विषयमा कुरा गर्न खोजेको तर, भारत सरकारले सुन्न नचाहेको उल्लेख गर्दै सांसद लामाले नयाँ नक्सा अनुसारको जमिन फिर्ता ल्याउने के पहल भइरहेको छ भनी सोधेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार