Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकारहरूको प्रश्न दोहोरिएपछि कड्किए देउवा


    मंगलबार, चैत्र १० २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा  कांग्रेस सरकारमा जान्छ ? भन्ने पत्रकारहरूको प्रश्न दोहोरिएपछि देउवा पत्रकारहरूसँग कड्किएका छन्। 

    कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगर विमानस्थलमा रिसाउँदै भने, ‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’ 

    नयाँ सरकार गठनमा कांग्रेस अग्रसर हुन्छ कि हुन्न भन्ने प्रश्नमा पनि उनले आफूहरू विपक्षी दल भएको भन्दै रिसाए।

    अविश्वास प्रस्ताव लैजानुहुन्छ ? भन्ने प्रश्नमा पनि उनले अरूले नै लैजालान् भन्ने सम्भावना व्यक्त गरे। 

    मोरङ र सुनसरीका पार्टी कार्यक्रममा सहभागी हुन आएका देउवाले कांग्रेस नेता अशोक कोइरालाको परिवारलाई भेटेर समवदेना प्रकट गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार