Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ अटो वर्क्सका विष्णु अग्रवालमाथि करछलीको आरोप, कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी


    सोमबार, बैशाख २८ २०८३
    670
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । ६ बर्षअघि राजस्व अनुसन्धान विभागले २० कम्पनीविरुद्ध ६ अर्व ६० करोड रुपैयाँ बराबर बिगो मागसहित उच्च अदालत पाटनमा ४ वटा मुद्दा दर्ता गरेको थियो । नक्कली भ्याटबिलमा धेरै कम्पनी मुछिएका थिए । ती मध्ये मोरङ अटो वर्क्स (एमएडब्लू) कम्पनी पनि हो ।

    राजस्व अनुसन्धान बिभागबाट तत्कालीन महानिर्देशक दीर्घराज मैनाली सरुवा भएपछि कतिपय नक्कली भ्याटबिल प्रयोग गर्नेहरुबिरुद्ध मुद्दा दायर हुन सकेको थिएन । तिनैमध्ये नक्कली भ्याटबिल प्रयोगमा मुछिएको कम्पनी हो, (एमएडब्लू) कम्पनी ।

    राजस्व अनुसन्धानको छानबिन र मुद्दाबाट जोगएको बिष्णुकुमार अग्रवाल संचालक रहेको एमएडब्लु ग्रुप अफ कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)बिल प्रयोग गरी करोडौं करछली गरेकाले कारबाहीको माग गर्दै ७ ६ बर्षपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

    एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक अग्रवालविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कर छली गरेको आरोपसहित उजुरी दर्ता भएको हो । विदेशबाट सवारी साधन आयात गर्ने र नेपालमा बिक्री वितरण गर्दै आएका अग्रवालले करोडौँ रुपैयाँ भ्याट र कर छली गरेको आरोप लागेको छ ।

    प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमा अग्रवाल र उनी सम्बद्ध कम्पनीहरूको आर्थिक कारोबारमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरिएको छ । उक्त उजुरी अनुसार २०६७ सालमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अग्रवालले विभिन्न कम्पनीहरू खडा गरेर कर छली गरेको आरोप छ । आर्थिक वर्ष २०८०–८१ मा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले आयात गरेको फोटोन ईभी गाडीमा भन्सार छली गरेको उक्त उजुरीमा उल्लेख छ ।

    प्रधानमन्त्री कार्यालयमा गरिएको उजुरीमा भनिएको छ–‘आव २०८०–०८१ मा एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.ले आयात गरेको फोटोन ईभी गाडीमा भन्सार छली गरेको तथ्य भन्सार विभागले चं नं ५६४–०८१०८२ मा पत्रमार्फत् ६ करोड रुपैयाँ भन्सार छली गरेकोमा बक्यौता देखिएकाले तत्काल दाखिला गर्न पत्राचार गर्दा समेत सरकारलाई तिर्नु बुझाउनुपर्ने करसमेत नतिरी, भुक्तानी नगरी अटेर गर्दै आइरहेका छन् ।

    विष्णुकुमार अग्रवालले नक्कली भ्याट बिलको कारोबार गर्दा खोलेको मोरङ अटो वक्र्स (भ्याट नं ३०१९७४२८२०) हाल बन्द गरी सोही नामसँग मिल्दोजुल्दो बनाई मोरङबाट एम अटोबाट ए, वक्र्सबाट डब्लू समेतका अक्षरहरू जोडी एमएडब्लू बनाएर विभिन्न फरक फरक कम्पनीहरू खोली कारोबार गर्दै आइरहेका छन् । उनले आफ्नै कम्पनीहरूका बीचमा समेत कारोबार गरेको देखाई कर छलीमा समेत संलग्न रहेको हुँदा सबै कम्पनीहरूको २०६७ सालदेखिको भ्याट तथा पुष्टि नहुने खर्चहरू हिसाब गरी आयकरसमेत छली गरेको सम्बन्धमा विस्तृतमा छानबिन गरी दोषी देखिएको हदसम्म कारबाही गर्न माग गरिएको छ ।

    २०८३ बैशाख २५ गते दर्ता भएको उजुरीमा उल्लेख छ–मोरङ अटो वक्र्सका सञ्चालक विष्णुकुमार अग्रवाल सामान्य परिवारका मानिस हुन । विराटनगरबाट उदाएका यी व्यापारीले नेपालमा कुनै पनि बस्तु वा सेवा उत्पादन खासै गर्दैनन् र विदेशबाट अटो सम्बन्धी सवारी साधनहरु आयात गर्ने र बिक्री वितरण गर्दै आइरहेका छन् । उनले त्यसरी सवारी साधनको कारोबारमा करोडौं रुपैयाँ भ्याट र कर छली गरेका छन् । उनको मुख्य कम्पनी २०६७ सालमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएर हाल बन्द गरेर राखेका छन् । हाल सोही नामसँग मिल्दोजुल्दो बनाएर अन्य कम्पनीहरु खडा गरेका छन् ।

    अग्रवाल नेपालले नेपालका ठूला बिचौलियासँगको मिलेमतोमा भ्याटछली काण्ड भित्रभित्रै मिलाउँदै आएका छन् । २०६७ सालमा भ्याट छली काण्डमा मुछिएका उनी अहिले भन्सार छली काण्डमा मुछिएका छन् । उनको करछलीको शैली हेर्दा लगातार कर छलीमा संलग्न रहेको देखिन आएको छ । २०६७ सालमा गठन भएको नक्कली मूल्य अभिवृद्धि कर छली सम्बन्धी छानबिन समितिले आफ्नो प्रतिवेदनमै दोषी देखाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार